राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने « Arthapath.com
१६ माघ २०७८, आईतवार

राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अत्गर्त पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि उक्त रकम लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी कूल २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

बैंकले उक्त रकम २०७८ फागुन ३ गतेदेखि २०७९ फागुन ३ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ २० गतेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्