महालक्ष्मी विकास बैंकको सुन कर्जामा व्यापक घोटला, नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह भएपछि सिआईबीद्वरा ३ ऋणी पक्राउ « Arthapath.com
२ पुष २०७७, बिहीबार

महालक्ष्मी विकास बैंकको सुन कर्जामा व्यापक घोटला, नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह भएपछि सिआईबीद्वरा ३ ऋणी पक्राउ



काठमाडौं । नक्कली सुन राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट ३ जना ऋणीलाई पक्राउ गरेको छ । बैंकले नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह गरेको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले बताए ।

ऋणीले ७० केजी सुन बैंकमा राखेको कागज बनाएर ७ करोड कर्जा लिएको थियो । बैंकको कुमारीपाटी शाखाका कर्मचारीसमेतको मिलेमतोमा नक्कली सुन राखेर यसरी करोडौं कर्जा प्रवाह भएको हो । सिआईबीलाई प्राप्त उजुरीको आधारमा छानविन गर्दा नक्कली सुन राखेर कर्जा लिने ३ जना पक्राउ परेका हुन ।

सिआईबी प्रवक्ता पाण्डेका अनुसार सुन जाँचकी फरार रहेका छन । सुन कर्जामा घोटाला भएपछि राष्ट्र बैंकले छानविनको लागी सिआईबीलाई आग्रह गरेको थियो । यस घोटलामा बैंकका कर्मचारी समेत समातिने संभावना रहेको छ । सुन जाँचकीको भरमा ७ करो कर्जा प्रवाह भएको बैंक व्यवस्थापनले कुनै चासो दिएको छैन ।

सिआईबीका प्रबक्ता बेल बहादुर पाण्डेका अनुसार गतवर्ष बैंक अफ काठमाण्डूको नक्कली कर्जा कण्डमा बैंकका कर्मचारी समातिएपछि बैंकले आफ्ना कर्मचारी पर्ने डरले गोप्य राख्ने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्