गुहेश्वरी र एशियन लाइफले सीईओ साटे, गुहेश्वरीमा राजेश श्रेष्ठ, एशियन लाइफमा दिनेश श्रेष्ठ « Arthapath.com
८ पुष २०७७, बुधबार

गुहेश्वरी र एशियन लाइफले सीईओ साटे, गुहेश्वरीमा राजेश श्रेष्ठ, एशियन लाइफमा दिनेश श्रेष्ठ



काठमाडौं । नेपालको कर्पोरेट कल्चरमा दुई वित्तिय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरु साटासाट गरेका छन । गतसाता बसेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समिति बैठकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ रहेका दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ ।

त्यसको १ साता नवित्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा एशियन लाइफका पुर्व सीईओ राजेश श्रेष्ठलाई नियुत्त गरेको छ । यी दुई कम्पनीविच सीईओ साटासाट भएको छ ।

नेपाल राष्ट्र बैंक र बीमा समितिले कुनै एक कम्पनीका कार्यकारी प्रमुख रहेको व्यक्ति दोस्रो कार्यकाल पुरा गरेपछि तेस्रो कार्यकाल काम गर्न नपाउने व्यवस्थापछी यी दुई कम्पनीमा फरक फरक रृगुलेटरी निकार्य भएका वित्तिय क्षेत्रबाट सीईओ नियुक्ती भएको हो ।

एशियन लाइफमा सीईओ खाली भएको झण्डै ४ महिना पुगिसकेको छ भने गुहेश्वरीको सीईओ दिनेशलाल श्रेष्ठले हालै कम्पनी छाडेका हुन । एशिएनका सीईओ श्रेष्ठ बीमा बीमाको संस्थागत शुसाशन अनुसार २ कार्यकाल पुरा गरी खाली बसेका थिए । उता गुहेश्वरीको सीईओ रहेका दिनेशलाल श्रेष्ठको पनि यसै अन्तिम कार्यकाल रहेको थियो । यी दुबै कम्पनी विरगंजका व्यापारीहरुको लगानी रहेको छ ।

यसअघि पनि महालक्ष्मी फाइनान्सका सीईओ रहेका राजेश कुमार श्रेष्ठलाई एशियन लाइफ लगिएको थियो भने एशियनका सीईओ रहेका रमेश कुमार भट्टराइलाई एशियनबाट महालक्ष्मी लगिएको थियो ।

नेपाल बैंकबाट बैंकिङ सुरु गरेका राजेशसंग २५ वर्षको बैंकिङ गरेको अनुभव छ भने ८ वर्षको जीवन बीमा अनुभव पनि छ । उनि पछिल्लो समय एशियन लाइफ आउनुअघि महालक्ष्मी फाइनान्सको सीईओ भएर काम गरेका थिए । गुहेश्वरीमा श्रेष्ठले आगामी माघ १ गतेदेखि कार्यभार सुरु गर्नेछन । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्