बैंकर्स संघमा ३ नयाँ अनुहारको इन्ट्री, भावि अध्यक्ष बन्दै उपाध्याय, गुरुङले छाडे « Arthapath.com
१३ पुष २०७७, सोमबार

बैंकर्स संघमा ३ नयाँ अनुहारको इन्ट्री, भावि अध्यक्ष बन्दै उपाध्याय, गुरुङले छाडे



काठमाडौं । बाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स एसोसिएसनमा ३ नयाँ अनुहार थपिएका छन । संघको भोली मंगलबार हुने निर्वाचन अघिनै ३ नयाँ अनुहारले उम्मेदवारी दर्ता गराएका छन ।
बैंकर्स संघको नयाँ कार्यसमितिमा उपाध्यक्ष र २ सदस्य रित्त रहेको ठाउँमा कार्यसमितिले पुर्णता पाएको छ । संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन ।

संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुने जनाइएको छ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएका छन ।

संघमा नेपाल एसबीआई बैंकका अनुकुल भटनागरले नेपाल छाडेपछि उपाध्यक्ष पद खाली रहेको थियो । सो ठाउँमा कृषि विकास बैंकका सीईओ उपाध्याय चयन भएका हुन । संघको उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान रहेको छ । उपाध्याय हाल अध्यक्ष रहेका भुवन दाहालको कार्यकाल सकिएपछि अध्यक्ष बन्नेछन ।

माछापुछ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्माको पद पनि खाली थियो । त्यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सदस्य पद पनि दोस्रो कार्यकाल सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्