७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

अर्थतन्त्र पुनर्त्थानसङ्गै आर्थिक वृद्धिदर पनि बढ्छः सुरेन्द्र उप्रेती

काठमाडौं । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले कोरोना महामारी पछि नेपालीको अर्थतन्त्र पुनर्त्थान भैरहेको बताएका छन् । कोरोना महामारीले थला परेको अर्थतन्त्र चालू आर्थिक बर्षको सुरु देखि नै हाम्रो अर्थतन्त्र पुन संचालनमा आएको उनले बताए । अहिले औद्योगिक क्षेत्र सतप्रतिशत संचालनमा आएकाले अर्थतन्त्रले नयाँ गतिमा पुग्ने उनको भनाइ छ