काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न