१८ भदौ २०८३, बिहिबार

बैंक

कामना सेवा बैंकले दियो ग्राहकलाई पिसिआर परिक्षणमा १५ प्रतिशत छुट

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवा बैंकले ग्राहकहरुलाई पिसिआर परिक्षण्मा छुट दिने भएको छ । कामना सेवा विकास बैंकले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परिक्षणको सुविधा उपलब्ध गराउने लागेको हो