काठमाडौं । बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर फेरी बढ्न थालेको छ । गत हप्ता घटेर २ प्रतिशत हारहारीमा झरेको उक्त ब्याजदर यो हप्ता भने ह्वात्तै बढेको हो। सोमबार बैंकहरुबीच अन्तर सापटीको ब्याजदर ५.११ प्रतिशत पुगेको हो । आइतबार नै त्यो ४ प्रतिशत भन्दा कम थियो ।