काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले अशोज २१ गतेदेखी २५ गतेसम्म ३० लाख कित्ता सेयर सर्वसाधारणको लागी निस्कासन गरेहो थियो । शुक्रबार बाँडफाँड भएको आइपिओमा ५ लाख ९० हजार ५८५ जनाको हात खाली भएको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।