काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ । गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले जनाएको छ ।