१२ श्रावण २०८३, मंगलबार

Banner First

निर्माण क्षेत्रमा बैंकको हातेमालो, तीन वर्षपछि कर्जा लगानीमा देखिएको बढोत्तरीले के संकेत गर्छ ?

काठमाडौं । तीन वर्षको ऋणात्मक वृद्धिदरपछि नेपाली निर्माण क्षेत्र पुनः जागृत हुँदैछ । निर्माण सामग्रीको आयातमा वृद्धि, सिमेन्ट, फलाम र पेन्टजस्ता सामग्रीको मागमा बढोत्तरी देखिँदैछ । सरकारी पूर्वाधारमा लगानी र निजी क्षेत्रका आयोजनाहरू पुनः सक्रिय हुँदा निर्माण गतिविधिमा आशाजनक सुधार देखिएको छ । सरकारले पनि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ