काठमाडौँ । अब विकास बैंकहरुमा पनि सामूहिक लगानी कोष सञ्चालन गर्ने लहर देखिन थालेको छ । मुक्तिनाथपछि गरिमा विकास बैंकले पनि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउन लागेको हो । बैंकले प्रबर्द्धन गरेको गरिमा क्यापिटलले आफ्नो सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत पहिलो बन्दमुखी योजना विक्रीमा ल्याउन लागेको हो