काठमाडौं । यति बेला मौसमले बर्षातलाई बिदा गरेर शरदलाई आगनमा निम्त्याएको छ । हावामा फैलिएको दशैको वासना पछ्याउँदै रहर, सपना र बाध्यता खोज्न घर गाउँ र देशै छोडेर प्रदेशिएका प्रदेशीहरु पनि फर्किएका छन, आफ्नै थलोमा । स्वदेशमै सरकारी तथा निजी क्षेत्रमा व्यस्त जीवन बिताइरहेका व्यक्तिहरु पनि जन्मथाले फर्किन उत्साहित छन्