काठमाडौँ । मूलभूत रुपमा निर्वाचन प्रणाली सम्बन्धी व्यवस्थाहरुलाई लिएर संविधान संशोधन गर्ने ‘एजेन्डा’ सहित कांग्रेस–एमालेले ‘महागठबन्धन’ बनाउन खोजेको छ । पहिलो चरणमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले ‘सर्वदलीय सहमति’को आह्वान गरिसकेको छ । तर पनि सिंगो संसदमा एक चौथाईभन्दा बढी प्रतिनिधित्व गर्ने तीन दलले नयाँ गठबन्धनमा सहभागि नहुने