काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत प्राप्त गरेका छन् । उनले यही कार्यकालमा चौँथो पल्ट विस्वासको मत पाएका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच सभामुखले जबरजस्ती सदन सञ्चालन गरेपछि दाहालले विस्वासको मत हासिल गरेका हुन् । दाहालले कुल १५७ मत प्राप्त गरेका छन् ।