काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विदेशबाट पुनर्बीमा व्यवसाय भित्रउान अग्रसरता देखाएको छ । कम्पनीले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेष्ट बाट हालै मात्र प्राप्त गरेको बि प्लस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको हो । कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेको छ ।