काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको अध्यक्षमा नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नियुक्ति भएका छन् । उनी कात्तिक ११ गते आइतबारदेखि लागू हुने गरि अध्यक्ष बनेका हुन् । आइसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ ।