काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको पुनः एक पल्ट स्पष्ट पारेका छन् । पूँजीगत खर्च गर्न नसकेको भनेर सधैंभरी अर्थमन्त्री र अर्थ मन्त्रालयको आलोचना हुने गरेको भन्दै उनले यस्तो भनेका हुन् । बजेट खर्चको प्रक्रिया र जवाफदेहिताबारे नागरिकलाई स्पष्ट पार्न नसकेको भनेर