सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना नेता कार्यकर्तालाई एकअर्काविरूद्ध सामाजिक सञ्जालमा लेख्न नपाउने गरी निर्देशन दिएको छ । शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकमा पेश हुन लागेको राजनीतिक प्रस्तावमा पार्टीभित्रको अराजकता, अनुशासनहीनता एवम गुटबन्दीको नियन्त्रण गर्न जरूरी रहेको बताइएको छ । समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै