काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताएकी छन् । संघीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विश्व समुदाय अदृष्य दुस्मनकाविरुद्ध लडिरहेको बताएकी हुन् । ‘कोभिड– १९ का कारण परेको आर्थिक क्षतिको पूर्ति होला, तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन