काठमाडौं । मंगलबार नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ को अंकमा बन्द भएको छ । मंगलबार सेयर बजारमा हरियाली अछाएको छ । मंगलबार दिनभरिमा २ सय ५ कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ