काठमाडौँ । साताको दोस्रो दिन नाफा बुक गर्नेहरुको हाबि हुँदा बजार ओरालो लागेको छ । नेप्सेमा १११ अंकको उछाल आएको दोस्रो दिन लगानीकर्ताहरु नाफा बुक गर्न सक्रिय भएका हुन्। हिजो १११ अंकले बजार बढ्नुलाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको अनुमान गरिएको थियो