काठमाडौं । सेयर बजारमा सुधार आएको छ । साताको दोस्रो कारोबार दिन बजार ६.०५ अंकले बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात गत आइतबार पनि २२ अंकले बढेको थियो । अहिले बजार सुधारको बाटोमा देखिएको छ । मंगलबार बजार परिसूचक २०३२ दशमलव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ