काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको छ ।