काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीको ३२ औँ वार्षिक साधारणसभा आगामी पुस २८ गते, आइतबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।