४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

‘एआई’ले सबैभन्दा पहिले कसको जागिर खोस्दै छ ?

काठमाडौँ । वल्ड इकोनोमिक फोरम नामक संस्थाले स्विजरल्याण्डको डाभोसमा हरेक साल गर्ने वार्षिक सम्मेलनबारे नेपालमा ६ वर्ष अघि एकाएक चर्चा चुलिएको थियो । त्यस बखत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाको रणनीतिक परिदृष्य’बारे एक सत्रलाई सम्बोधन गरेका थिए । विश्व अर्थतन्त्रबारे बहस र छलफल हुने उक्त सम्मेलनमा संसारभरका सरकार र