काठमाडौं । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना कार्यक्रम सम्पन्न गरेको छ । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो ।