काठमाडौं । नौं महिनाको अवधिमा नेपाल झन्डै १५ खर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । विश्वका डेढ सय बढी मुलुकसँग नेपालले वैदेशिक व्यापार हुँदै आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ पुगेको छ