आईएमई लाईफको सीईओमा फुँयाल नियुक्त, जुनियरलाई ल्याएको भन्दै कर्मचारीमा विद्रोहको तयारी « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

आईएमई लाईफको सीईओमा फुँयाल नियुक्त, जुनियरलाई ल्याएको भन्दै कर्मचारीमा विद्रोहको तयारी



काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्समा जुनियर व्यक्तिलाई सिईओ बनाएको भन्दै कर्मचारीमा विद्रोहको स्वर गुन्जिएको छ । नवनियुक्त सिईओ कवि फुयाँल हाजिर भएकै दिन सिनियर लेवलका करिव आधादर्जन कर्मचारीले कम्पनी छाड्ने चेतावनी दिएका छन ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको आईएमई लाईफ इन्स्योरेन्सको संचालक समिति बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त गरेको छ । भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

फुयाल शुक्रबारदेखी कम्पनी ज्वाइन गरेका छन । यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा १० वर्षको मात्रै अनुभव भएका फुयाँल नयाँ खुलेको सिटिजन्स लाईफको चौथो बरिएताका मार्केटिङ प्रमुख हुन । उनि सुर्या लाईफबाट २ वर्ष अघिमात्रै सिटिजन्स लाईफ ज्वाइन गरेका व्यक्ति हुन । सुर्या लाइफमा कविभन्दा सिनियर रहेका दिनेश अमात्य र आशिस सिंह अहिले आइएमई लाईफको दोस्रो र तेस्रो बरियतामा छन ।

१ महिनाअघि असार अन्तिम साता २२ महिना विताएर सिईओ श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाईफ सिईओविहिन बनेको थियो । कम्पनीले जुनियर व्यक्तिलाई सिईओ बनाएपछि उनिभन्दा सिनियर दिनेश अमात्य, आशिस सिंह र ऋषिभत्त ढकाल अन्य कम्पनीमा जाने मनस्थितीमा रहेका छन ।

अमात्य, सिंह र ढकाल तिनैजना आईएमई लाईफको एजिएम रहेका छन । जवकि नवनियुक्त सिईओ सिटिजन्स लाईफमा मार्केटिङ प्रमुखमात्रै हुन । उनलाई एकैपटक ३ तह बढुवा गरिएको भन्दै कर्मचारीमा व्यपक असन्तुष्टी देखिएको छ ।

नयाँ लाइसेन्स पाएका कम्पनीमध्ये सबैभन्दा पहिला लाइसेन्स पाएको आइएमई लाईफ अहिले बजारमा सबैभन्दा कमजोर वित्तिय विवरण भएको कम्पनीमा सावित भएको छ । कम्पनीले लाइसेन्स पाएदेखीनै सिईओविहिन भएको आईएमई लाइफमा २२ महिना अघिमात्रै बैंकिङ फिण्डका श्रीचन्द्र भट्टलाई सिईओ बनाएको थियो । अहिले भएका कर्मचारीलाईनै काम गर्न जाँगर नचल्नेगरी बाहिरबाट जुनियरलाई सिईओ दिएपछि आइएमई लाइफमा कर्मचारी विद्रोह देखिने निष्चत भएको छ । कर्मचारीहरु अन्य कम्पनीमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्