हिमालयन रि इन्स्योरेन्समा ‘उपासना’ को इन्ट्री, कम्पनीले सुम्पियो डेपुटी सीईओको जिम्मेवारी « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

हिमालयन रि इन्स्योरेन्समा ‘उपासना’ को इन्ट्री, कम्पनीले सुम्पियो डेपुटी सीईओको जिम्मेवारी



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल पौडेल नियुक्ति भएकी छन् ।

पौडेलले हिमालयन रिमा जानका लागि युनाईटेड इन्स्इोरेन्सबाट केहीस समय अघि राजिना दिएकी थिईन । २०७८ साल वैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् ।

उनलाई हिमालयन रि तानेर छिमेकी भारतबाट व्यापार ल्याउन सहयोग पुग्ने विश्वासका साथ कम्पनीले उनलाई उच्च व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

भारतमा अध्ययन गरेर फर्केकी पौडेलले युनाईटेड इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल भएकी थिईन । विगत एक दशकभन्दा बढी लामो समयदेखि यस क्षेत्रमा काम गरेको उनको अनुभव छ ।

उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजबाट एमबीए गरेकी छिन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको समेत अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्