कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव आज हुँदै, लञ्च गर्यो किसान क्रेडिट कार्ड र किसान एप « Arthapath.com
७ माघ २०७७, बुधबार

कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव आज हुँदै, लञ्च गर्यो किसान क्रेडिट कार्ड र किसान एप



काठमाडौं । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रम आज (माघ ७ गते) भईरहेको छ । बैंकको बार्षिक साधारण सभामा प्रमुख अथितीमा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । बार्षिक साधारण सभाको अवसरमा कृषि बिकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेल उक्त क्रेडिट कार्ड र किसान एप सार्वजनिक गरेका हुन् ।

आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । जसमार्फत किसानले आफ्नो मोबाईल मार्फत बैंकले उपलब्ध गराएको एप्लीकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले लञ्च गरेको किसान एपबाट किसानले आवश्यक कृषि सामग्री बैंकले गरेका मर्चेन्टबाट खरिद गर्न सक्नेछन् । आफुले उत्पादन गरेको कृषि उपज बिक्री गरी भुक्तानी लिन सक्नेछन् । त्यसैगरी बैंकको कर्जा खातामा भएको रकम तोकिएको सीमासम्म कारोबार गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्