भोली पपुलर बजेट ल्याउने तयारीमा सरकार, बृद्ध भत्ताको उमेर घटाइदै, कर्मचारीको तलव २ हजार बढ्ने « Arthapath.com
१४ जेष्ठ २०७९, शनिबार

भोली पपुलर बजेट ल्याउने तयारीमा सरकार, बृद्ध भत्ताको उमेर घटाइदै, कर्मचारीको तलव २ हजार बढ्ने



काठमाडौं । गठबन्धन सरकारले आर्थिक वर्ष २०७९/८० वार्षिक बजेट भोली प्रतिनिधिसभामा पेश गर्ने भएको छ । हालै स्थानिय निर्वाचनको परिणामबाट हौसिएका कांग्रेस माओवादीले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई प्रभावित पार्न पपुलर कार्यक्रम ल्याउने तयारी गरेको छ ।

भोली बैसाख १५ गते सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार अर्थमन्त्री जनर्दन शर्माले भोली संसदमा बजेट पेश गर्ने भएका छन् । आगामी मंसिरमा प्रदेश तथा संघको निर्वाचनको लागी मतदाता प्रभावित पार्न देशको अर्थतन्त्र डावाडोल भएपनि सरकारले पपुलर कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

सरकारले कर्मचारीतन्त्रलाई खुसी पारेर ठुलै भोट बोटुल्ने ध्याउन्नमा लागेको छ । देशमा महंगी बढेसंगै कर्मचारीको कम्तिमा २ हजारको दरले तलव बढ्ने भएको छ । मुख्यसचिव शंकरदास बैरागीले कर्मचारीको तलव बृद्धिको प्रश्ताव गरेका थिए ।

सरकारले एमालेले सुरुवात गरेको बृद्धभत्ताको मोडालिटीमा केही परिवर्तन गर्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रश्तावमा अव ६५ वर्ष पुगेकाले पनि बृद्धभत्ता दिने तयारी गरेको छ । यसअघि सरकारले ७० वर्ष उमेर पुगेकालाई प्रति महिना ४ हजारको दरले बृद्धभत्ता दिँदै आएको छ । सरकार पपुलर कामको नाममा भत्ता बढाएर वार्षिक राज्यलाई ३० अर्व भार थप्ने योजनामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्