संसदमा विश्वासको मत माग्दै प्रचण्डले भने,‘हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै सुरु हुनेछ’ « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

संसदमा विश्वासको मत माग्दै प्रचण्डले भने,‘हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै सुरु हुनेछ’



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारलाई तथ्याङ्क देखिनत गर्ने बताएका छन् । बुधावर विश्वासको मत लिनु अघि प्रतिनिधि सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संसदसँग विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामै सुरु हुने जानकारी गराए । ‘आत्मनिर्भरताको व्यवस्थित प्रयास हुने छ । म सरकारलाई तथ्याङ्क केन्द्रित गर्नेछु’, उनले भने, देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रत्रप्रति जनको आस्था पुन: स्थापित गरेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिमा राज्यप्रति भरोसा जगाइने बताए । पछिल्लो समय सुस्त रहेको कर्जा प्रवाह बढाउन पनि नीतिग सुधार गर्ने उनको भनाई छ । यसका साथै मध्यवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चतको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइने उनले बताए ।वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिने र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिने बताए ।

‘सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु’, उनले भने, ‘सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ ।’

उनले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्नका लागि संसदसँग विश्वासको मत मागेका छन् । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न राजनीति अस्थितरलताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकरात्मक सोचमा परिवर्तन ल्यान पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको बताए ।

यस्तो छ सम्बोधनको पूर्णपाठ

PM-sansad-biswasko-mat-fagun-30


प्रतिक्रिया दिनुहोस्