कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै, के-के आउला निर्णय ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्दैछ । बैठक सोमबार आज साँझ ४:३० बजे बस्ने भएको हो ।
मन्त्रिमण्डलको विस्तार भएसँगै रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेका छन् । खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्रालय र अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बैठकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरूको घोषणा र राष्ट्रिय शोक मनाउने प्रस्तावहरू पनि रहेको बताइएको छ । मन्त्रीहरूले शहीदको सम्मान र राष्ट्रको समृद्धिका लागि आगामी योजनाहरूको बारेमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।












