अछाममा बाढीले बस्ती बगाउँदा ६ जनाको शव भेटियो, १५ जना बेपत्ता « Arthapath.com
३ भाद्र २०७७, बुधबार

अछाममा बाढीले बस्ती बगाउँदा ६ जनाको शव भेटियो, १५ जना बेपत्ता



काठमाडौं । गएराति परेको अबिरल बर्षापछि अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका वेपत्तामध्ये ६ जनाको शव भेटिएको छ ।

रामारोशन गाउँपालिका ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ भने ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानियले जनाएका छन् ।

यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको छ ।

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानियले उद्धार जारी राखेका छन् । अझै १५ जना वेपत्ता रहहेका छन् ।

जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस्