राष्ट्रिय सभाको सपथ लिदैँ गौतमले भने गरिमा उच्च बनाउँछु « Arthapath.com
१ आश्विन २०७७, बिहीबार

राष्ट्रिय सभाको सपथ लिदैँ गौतमले भने गरिमा उच्च बनाउँछु



काठमाडौं । विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक सिट खाली रहेको राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेपछि शपथ लिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई बिहीबार शपथ खुवाएका हुन् ।

सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् ।

शपथपछि गौतमले आफ्नो अरु कुनै लक्ष्य नरहेको बताए। “राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै काम गर्दिन”, उनले भने। आफ्नो पार्टीले देशमा समाजवादको संकल्प पूरा गरेको उल्लेख गर्दै गौतमले राष्ट्रिय सभामा रहेर आफूले त्यसका लागि भूमिका खेल्ने बताए।‘राष्ट्रिय सभाको गरिमा बढाउनका लागि संविधान र नियमावली अनुसार मैले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्न आएको छु । मैले यो सभाको सदस्य रहँदासम्म कहिले पनि राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै क्रियाकलाप गर्ने छैन,’ गौतमले भने, ‘मैले राष्ट्रिय सभाको जिम्मेवारी पूरा गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र नेपाली जनताप्रति सधैँ बफादार भएर मैले आफ्नो कर्तव्य निर्वाह गर्नेछु ।’


प्रतिक्रिया दिनुहोस्