अव काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल कोरोना अस्पतालमा परिणत

काठमाडौं । अव सरकारले सबै सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा घोषणा गरेको छ । यसअघि बीर अस्पताललाईमात्रै कोरोना अस्पतालको घोषणा गरिएको थियो ।
काठमाडौं उपत्यकामा कोरोनाको संक्रमितको संख्या अत्यधिक बढ्दै गएपछि सरकारले सबै सरकारी अस्पतालका अन्य उपचार रोकेर कोरोनाको मात्रै उपचार गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अव सरकारी अस्पतालका बेलहरुमा आईसियू, भेन्टिलेटर र अक्सिजनसहितका सघन उपचार कक्षा बनाउने जनाएको छ । अव संक्रमितकोलाई आइसोलेसन सेन्टर बनाउनको लागी उपत्यकाका होटलहरुसँग समन्वय गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।