लाभांश सुरक्षित गर्ने यी ३ कम्पनीको आज अन्तिम दिन « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

लाभांश सुरक्षित गर्ने यी ३ कम्पनीको आज अन्तिम दिन



काठमाडौं । आइतबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ्गले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १५ गते बुकक्लोज गर्ने भएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको आमदानीबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ । बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा बोलाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले मंसिर ३० गते साधारण सभा बोलाएको छ । त्यसैगरी, रिडी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्