आईपिओ जारी हुनु पुर्वनै पुर्वाधार विकास बैंकले पायो सीईओ, २१ जनालाई पछि पार्दै खतिवडाले मारे बाजी « Arthapath.com
२९ पुष २०७७, बुधबार

आईपिओ जारी हुनु पुर्वनै पुर्वाधार विकास बैंकले पायो सीईओ, २१ जनालाई पछि पार्दै खतिवडाले मारे बाजी



काठमाडौं । पुर्वाधार क्षेत्रमा मात्रै लगानी गर्ने उदेश्यले खोलिएको पुर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा चाटर्ड एकाउन्टेन रामकृण खतिवडा नियुक्त भएका छन । सरकारको समेत लगानी रहेको पुर्वाधार विकास बैंकले यही माघ २ गते शुक्रबारदेखी सर्वसाधारणको लागी आईपिओ जारी गरेको छ ।

नेपाल पूर्वाधार विकास बैंकको संचालक समितिको हिजो मंगलबार बसेको बैठकले रामकृष्ण खतिवडालाई सिईओमा नियुक्त गरेको हो । बैंकर अनिल ज्ञवालीले कार्यकाल पुरानै नगरी छाडेपछि रिक्त सीईओमा खतिवडाले बाजी परेका हुन । पुर्वाधार विकास बैंकको संचालक समितिको सदस्य रहेका खतिवडालाई अर्थमन्त्री विष्णु पौडेलले सीईओ बनाउन लगाएका थिए ।

सीईओ छनोट समितिमा २१ जनाको आवेदन परेको भएपनि खतिवडाले बाजी मारेका थिए । १९ वर्ष बैंक वित्तिय क्षेत्रमा काम गरेका खतिवडा यसअघि सोही बैंकको संचालक रहेका थिए । सीईओको प्रक्रिया सुरु भएपछि संचालकबाट हटेको खतिवडाले अर्थपथलाई बताए ।

विद्युत नियमन आयोगको सदस्य र जलविद्युत विकास तथा लगानी कम्पनीको वित्त विश्लेशकसमेत भैसकेका व्यक्ती हुन । एस क्यापिटलको सीईओ तथा लगानी बोर्डमा पनि परामर्शदाता रहेका उनलाई माघ १ गतेदेखी सीईओको जिम्मेवारी सुम्पिएको थियो ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ । सरकारकै हस्तक्षेपमा सीईओ नियुक्ती हुँदै आएको छ । पुर्वाधार विकास बैंकले माघ २ गतेदेखी ८ अर्वको सर्वसाधारणको लागी सेयर जारी गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्