निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन सक्दैनः अम्बिका पौडेल « Arthapath.com
२ असार २०७८, बुधबार

निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन सक्दैनः अम्बिका पौडेल



काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड मंगलबार विज्ञप्तिले लगानी भत्काउन नसक्ने बताएका छन् । कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले भत्काउन नसक्ने पौडेलले बताए ।

बुधबार सामाजिक सञ्जाल फेशबुकमा लेख्दै भनेका छन्, “पक्कै पनि हामीले लगानी गर्दा तत् कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरेका हौँ भनें हिजोको बोर्डको विज्ञप्तीले त्यसलाई भत्काउन सक्दैन ।” उनले लेखेका छन्, “आफ्नो लगानी र छनौटमा दृढ बस्न सके प्रतिफल निश्चित छ । विश्वासको बाँधले कहिले काहीँ आउने अनपेछित बाढीलाई छेक्नु पर्दछ ।”

नेपाल धितोपत्र बोर्डले मंगलबार एउटा विज्ञप्ति जारी गरी जोखिमयुक्त रहेको भन्दै ५१ वटा सूचीकृत कम्पनीको नामावली सार्वजनिक गरेको थियो । बोर्डको यो निर्णयलाई सबैले विरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्