३ अर्बको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले दियो माछापुच्छ्रे बैंकलाई अनुमति « Arthapath.com
१६ असार २०७८, बुधबार

३ अर्बको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले दियो माछापुच्छ्रे बैंकलाई अनुमति



काठमाडौं । माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।

३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । त्यसैगरी सर्वसाधारणका लागि छुटाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

माछापुच्छ्रे डिबेन्चर २०८७ क्रणपत्रको ब्याजदर ८.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडसंग सम्झौता भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्