अरुण भ्याली हाइड्रोपावर १०.५२६ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

अरुण भ्याली हाइड्रोपावर १०.५२६ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत वर्षको आम्दानीबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले बोनश पश्चात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ । लाभांश वितरणको लागि कम्पनीले असोज २४ गते २४ औ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाबाट पारित भएपछि शेयरधनीले प्रस्तावित लाभांश पाउने छन्।

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसैले असोज १० गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

run


प्रतिक्रिया दिनुहोस्