एनसीसी बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? « Arthapath.com
३० आश्विन २०७९, आईतवार

एनसीसी बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण भएको हो । उक्त निर्णय बैंकको कात्तिक २९ गते बसेको संचालक समितिले गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्