आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, १६ हजार ९ सयले मात्र पाए १० कित्ता « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, १६ हजार ९ सयले मात्र पाए १० कित्ता



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री प्रबन्धक सनराइज क्यापिटलमा बाँडफाँट भएको हो ।

आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको छ ।

माग भन्दा बढिको आवेदन परेकोले १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गगराई बाँडफाँट गर्दा १६ हजार ९ सय ७६ जनाले मात्र १० कित्ता पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता सेयर पाएका हुन ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो। कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि , १ लाख ६९ हजार ५५ कित्ता सेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको थियो।.


प्रतिक्रिया दिनुहोस्