नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौं । शेरबहादुर देउवाको सरकारमा मन्त्री बन्ने सबैले सपथ लिएका छन् । मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।
















