राष्ट्रपति भवन अगाडि सूरक्षा सतर्कता बढाइयो
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै राष्ट्रपती भवन अगाडि सूरक्षा सतर्कता बढाइएको छ ।
प्रदर्शनको दोस्रो दिन पनि युवाहरु आक्रामक भएर आन्दोलनमा होमिएका छन् । उनीहरुले विभिन्न मन्त्री तथा वरिष्ठ नेताहरुको घरमा तोडफोड तथा आगजनि गर्ने क्रम जारी छ ।
यसलाई मध्यनजर गर्दै राष्ट्रपति भवन परिसरमा सूरक्षा व्यवस्था कडा गरिएको छ ।















