चैतली मेला सञ्‍चालन गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना नियन्त्रणमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चैतली मेला सञ्‍चालन गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना नियन्त्रणमा



काठमाडौं । लकडाउन अवज्ञा गर्दै चैतली मेला सञ्‍चालन गरेको आरोपमा चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्‍नीकोटमा वर्षेनी लाग्‍ने मेला लकडाउनमा पनि सञ्चालन गरिएको सोही गाउँपालिकाका चार वडाध्यक्षसहित ९ जनालाई बुधबार नियन्त्रणमा लिइएको हो।

स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेला समापन भव्य रुपमा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्