२३ भदौ २०८३, मंगलबार

चैतली मेला सञ्‍चालन गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना नियन्त्रणमा



काठमाडौं । लकडाउन अवज्ञा गर्दै चैतली मेला सञ्‍चालन गरेको आरोपमा चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्‍नीकोटमा वर्षेनी लाग्‍ने मेला लकडाउनमा पनि सञ्चालन गरिएको सोही गाउँपालिकाका चार वडाध्यक्षसहित ९ जनालाई बुधबार नियन्त्रणमा लिइएको हो।

स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेला समापन भव्य रुपमा गरेका थिए।