कोरोना संक्रमितको संख्या ५२ पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कोरोना संक्रमितको संख्या ५२ पुग्यो



काठमाडौँ । आइतबार एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। झापा बाह्रदशीका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी अस्पतालको सम्पर्कमा रहेका छन्। यसअघि आइतबार नै पर्साको विरगन्जका ५० वर्षका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको थियो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ।

१६ जना भने निको भइसकेका छन्। आइतबार मात्र चार जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्