वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने सरकारको निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने सरकारको निर्णय



काठमाडौं । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गतेसम्म बन्द राख्ने निर्णय गरेको जानकारी दिए।

यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।


प्रतिक्रिया दिनुहोस्